Public Pana
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत, बिपक्षीमा ११ मत 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । 
आइतबार दिउँसो बसेको प्रदेश सभा बैठकमा मुख्मन्त्री शाहले ४१ मत पाएका हुन ।

उनलाई नेपाली कांग्रेसका १९, मोओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र एकजना स्वतन्त्र सांसदले मत दिएका हुन । उनको विपक्षमा एमालेका १० र राप्रपाका एकजनाले मत दिए  । 
नागरिक उन्मुक्ति पार्टीले यसअघि एमाले सरकारलाई रेशम चौधरीसहितलाई रिहाको लिखित सहमति मागेर विश्वासको मत दिएन ।

अहिले सो मुद्दा सरकारमै गएर उठाउने भन्दै विश्वासको मत दिएको बताएको छ । सो पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले माग पूरा नभए सत्तामा बस्न मात्रै नसकिने बताए ।

मुख्मन्त्री शाहले राष्ट्रपतिको निर्वाचन पछि सरकारलाई पुर्णता दिने तयारी रहेको बताए । अहिले कांग्रेसका प्रकाश देउवा भौतिक पूर्वाधार र एकीकृत समाजवादीका नरेश शाही आर्थिक मामिला मन्त्री छन् ।
 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update