Public Pana
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई बिश्वासको मत दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश सभाका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । 

सुदूरपश्चिम माओवादी संसदीय दललाईरुपमा पत्राचार गरी अध्यक्ष प्रचण्डले शाहलाई विश्वासको मत दिएर अहिलेको सरकार जोगाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।

नयाँ गठबन्धनको निर्णय अनुसार अघि बढ्न समेत   प्रधानमन्त्रीले निर्देशन दिएको  तिमिल्सिनाले जानकारी दिए।

शुदुरपश्चिममा माओवादीले मुख्यमन्त्री शाहलाई बिश्वासको मत नदिने बताएको भोलीपल्टै पार्टी अध्यक्षबाट कडा निर्देशन जारी भएको हो । प्रधानमन्त्रीको निर्देशनपछि शुदुरपश्चिम माओवादीमा खैलाबैला मच्चिएको छ । 

शाहले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update