Public Pana
तस्बिरमा इन्द्रजात्राको रौनक

राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गर्नुभएको छ । राष्ट्रपतिले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गर्नुभयो । विभिन्न देवदेवताको गण, पुलुकिसी (ऐरावत हात्ती), सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिले पनि तिनै देवदेवताको रथसँगै आज शहर परिक्रमा गरेका छन्।

भाद्र शुक्ल चतुर्दशीका दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा अवलोकनका लागि प्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, मन्त्रिगण, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता थियो । विशिष्ट व्यक्तित्वले गद्दी बैठकबाट जात्राको अवलोकन गर्नुभएको थियो । 

जात्रा अवलोकनका लागि सो क्षेत्रमा ठूलो सङ्ख्यामा स्थानीयवासी र सर्वसाधरणको घुइँचो लागेको थियो । विदेशी पर्यटकसमेत जात्राको उत्सकुकतापूर्व अवलोकन गरिरहेका देखिन्थे । 

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाअराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ ।

    यसरी लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

Pro_Ktm_INDRAJATRA20220909_26071662741096.jpg

Pro_Ktm_INDRAJATRA20220909_2610(1)1662741088.jpg

Pro_Ktm_INDRAJATRA20220909_26081662741086.jpg

Pro_Ktm_INDRAJATRA20220909_26291662741081.jpg

Pro_Ktm_INDRAJATRA20220909_26011662741079.jpg

Pro_Ktm_INDRAJATRA20220909_26111662741072.JPG

Pro_Ktm_INDRAJATRA20220909_26121662741071.jpg

Pro_Ktm_INDRAJATRA20220909_26211662741062.jpg

Pro_Ktm_INDRAJATRA20220909_26211662741061.jpg

Pro_Ktm_INDRAJATRA20220909_26181662741052.JPG

Pro_Ktm_INDRAJATRA20220909_26301662741052.jpg

Pro_Ktm_INDRAJATRA20220909_26341662741042.jpg

Pro_Ktm_INDRAJATRA20220909_26371662741036.jpg

IMG_20220908_2159301662741032.jpg

Pro_Ktm_INDRAJATRA20220909_26401662741031.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  २२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update