Public Pana
सडकमा संघियता खारेजीको माग, तर उपराष्ट्रपति भन्छन जनजातिले पहिचानको मुद्धा छोड्नुहुन्न !

सडकमा संघियता खारेजीको माग उठिरहेका बेला उपराष्टपति नन्द बहादुर पुनले भने जनजातिले पहिचानको मुद्धा छोड्न नहुने बताएका छन् ।

काठमाण्डौमा शनिवार आयोजित कार्यक्रममा उपराष्टपति पुनले यस्तो बताएका हुन । आजै राजधानीमा आयोजित दुर्गा प्रसाईको आह्वानमा गरिएको प्रर्दशन सभामा संघियता खारेजीको चर्को नारा लागेको थियो ।

त्यसो त पहिचानको मुद्धा बोकेको माओवादी पछि हटेपछि हालै प्रदेश १ नम्वरको नाम कोशी राखिएको छ । माओवादीले प्रदेशको नामाकरण पहिचान झल्किने गरि राख्ने दावी गरेपनि अन्त्यमा उक्त मुद्धाबाट पछि हट्नुपरेको थियो । 

उहाँले संविधानमा कतिपय विषय समावेश गरिए पनि कतिपय विषय आउन बाँकी रहेकाले त्यसलाई स्थापित गराउनका लागि आदिवासी जनजातिले एकतावद्ध भएर सरकारलाई खबरदारी गरिरहनुपर्ने बताउनुभयो ।

उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरुको पहिचान स्थापित गराउनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

क्षेत्रीहरु आदिवासी हुन् वा होइनन् भन्ने बारेमा गहिरो अध्ययनको खाँचो रहेको उहाँको भनाइ थियो । उहाँले आदिवासी जनजातिको एकता टुट्यो भने उनीहरुले उठाउँदै आएका पहिचानको मुद्दा पनि ओझेलमा पर्ने बताउनुभयो ।

नेपाल मगर सङ्घले आदिवासी जनजाति योद्धाको योगदानको स्मरण गर्दै अघि बढनुपर्ने उहाँको भनाइ थियो । ---

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update