Public Pana
६ तलामाथिबाट खसेका माधव नेपालका भाइ सरोजको निधन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्याय नेपालको निधन भएको छ।

नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका सरोजकुमार उपध्याय नेपाल आफ्नो घर नजिकैको एक घरबाट खसेर गम्भीर घाइते भएका थिए । ६ तलामाथिबाट खसेका नेपालको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचारका क्रममा ज्यान गएको हो।

पार्टीका नेता बिजय पौडेलका अनुसार दुई जना अपरिचित युवाले देखेर उनलाई निजामती अस्पताल पुर्‍याएकोमा उनलाई पछि अन्नपूर्ण न्युरो लगिएको थियो ।

नेता उपाध्याय पूर्वप्रधानमन्त्री एवमं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका कान्छो भाई हुनुहुन्छ । उहाँ ६२ वर्षको हुनुहुन्थ्यो । उहाँका दुई छोरी अमेरिकामा हुनुहुन्छ ।

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update