Public Pana
दुधको मुल्य ९.५० रुपैयाँ बढयो, आज उपभोक्ता मुल्य तोकिने

 अब दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा बढने भएको छ ।
 
कृषि मन्त्रायको प्रस्तावमा शुक्रवार बसेको मन्त्रिपरिषद बैठकको निर्णयसँगै दुधका मुल्य बढने भएको हो । यो किसानका लागि बिक्री मूल्य हो। 
 
जसअनुसार दुधको मूल्य ५६ रुपैयाँवाट बढेर अब ६५.५० रुपैयाँ कायम हुने भएको छ । किसान तथा दुग्ध उत्पदान महासंघ, नेपाल डेरी एशोसियन लगायतले लामो समय देखी दुधको मुल्य बढाउनु पर्ने सरकारसँग माग गर्दै आएका थिए । 
 
नेपाल डेरी एसोसियसन, डेरी उद्योग संघ, डीडीसी र केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले शनिबार छलफल गरेर उपभोक्ता मूल्य तोक्ने तयारीमा गरेको छ।
 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update