Public Pana
भारतलाई हराउँदै नेपाल समूह विजेता

 

साफ यू–१७ च्याम्पियनसिप फुटबलमा भारतलाई हराउँदै नेपाल समूह विजेता बनेको छ । शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराएको हो ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक एक गोल गरे । भारतले लिएको सुरुवाती अग्रतालाई उल्टाउँदै नेपालले जित निकालेको हो । नेपालको लागि खेलको २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । नेपालका लागि खेलको ४५ औं मिनेटमा सरोज दर्लामीले गोल गर्दै टिमलाई १–१ गोलको बराबरीमा ल्याए ।

४९ औं मिनेटमा उनेशले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । ६८ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३–१ को जित दिलाए । जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेर समूह ‘बी’को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । भारत २ खेलमा ३ अंक जोडेर उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  २२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update