सानिमा बैंकको भुक्तानी सेवा आजरातीदेखी बन्द हुँदै
सानिमा बैंकले डाटा सेन्टर माइग्रेसन सम्बन्धी कार्य हुन गइरहेकाले आज रातीदेखी बैंकको डिजिटल सम्बन्धी सम्पुर्ण सेवा बन्द हुने जनाएको छ ।
बैंकले एक सूचना जारी गर्दै आज राती ८ बजेदेखी सम्पुर्ण बैंकिङ्ग तथा बिद्युतीय भुक्तानी सेवाहरु ए.टिएम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग कार्ड, इ कम जस्ता सेवाहरु श्निवार विहान ८ बजेसम्म अवरुद्ध हुने जनाएको छ ।
बैंकले यसबाट ग्राहकहरुमा पर्ने जाने असुविधाप्रति क्षमा याचना गरेको छ ।
सानिमा बैक बाणिज्य बैंकहरु मध्येकै बिश्वसनिय र उत्कृष्ट सेवा दिने बैंकका रुपमा परिचित छ ।
बैंकले जारी गरेको सुचना यस्तो छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९ १२:३४
प्रतिक्रिया दिनुहोस्