Public Pana
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित

प्रतिनिधि सभाले दोस्रव पटक नागरिकता ऐनको संशोधन विधेयक बहुमतले पारित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेको हो। 

प्रतिनिधि सभामा उपस्थित १९५ सांसदमध्ये विधेयक पारित गर्ने पक्षमा १३५ मत दिएका थिए। त्यस्तै विपक्षमा ६० सांसदले मत दिएका थिए।  

अब राष्ट्रिय सभाले पनि पारित गरेपछि यो विधेयक दोस्रो पटक राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पुग्नेछ। दोस्रो पटक प्रमाणीकरणका लागि पुगेपछि राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नैपर्ने व्यवस्था संविधानको धारा ११३ मा उल्लेख छ।

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update