Public Pana
भेरी–बबई ‘डाइभर्सन’को भौतिक प्रगतिः आठ वर्षमा ५९ प्रतिशत

राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको काम सुुस्त ढङ्गले अगाडि बढेको छ । यस आयोजनाको पहिलो चरणको काम भने तोेकिएको समयभन्दा एक वर्षअघि नै पूरा भएको थियो ।
टनेल बोरिङ मेसिन (टीबीम)बाट १२.२० किलोमिटर लामो र ४.२० मिटर व्यास भएको सुरुङ निर्माण तोकिएको अवधिभन्दा एक वर्षअघि नै सम्पन्न भइसकेको हो । २०७६ साल वैशाख ३ गते सुरुङको ‘ब्रेक थ्रु’ गरिएको थियो । एक वर्षअघि नै पहिलो चरणको सुरुङ खन्ने काम सकिएपछि आयोजनाको अन्य काम पनि छिट्टै हुने विश्वास गरिएको थियो तर दोस्रो चरणको कामको गति सुस्त बन्दा स्थानीय तथा सरोकारवाला सबैलाई चिन्ता बढाएको छ ।
हेड वक्र्स, बाँधलगायत अन्य काम दोस्रो चरणमा गर्नुपर्नेछ । कहिले कोरोना, कहिले मजदुर अभावका कारण दोस्रो चरणको काम सोचेजस्तो हुन नसकेको आयोजना कार्यालयले जनाएको छ । लगातार काम अवरुद्ध हुँदा २०८० सालभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यमा चुनौती थपिएको छ ।Bheri Babai 21677731672.jpeg

निर्माण सुरु भएको आठ वर्ष बित्दा राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५९ प्रतिशत भौतिक प्रगति भएको छ। वित्तीय प्रगति ४३ प्रतिशत भएको आयोजनाले बताएको छ।टनेल बोरिङ मेसिन प्रविधिको नेपालमा पहिलोपटक सुरु गरी  निर्माण कार्य सुरु भएको आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ गराउनुका साथै ४६ मेगावाट विद्युत उत्पादन गर्ने योजना छ।

चिनिया कम्पनी चाइना इन्जिनियरिङ ओभरसिज प्रालिले १२ किलोमिटर लामो सुरुङ १० अर्ब ५६ करोड लागतमा निर्माण गरिसकेको छ। चिनिया कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण जेभी र आयोजनाबीच आर्थिक वर्ष २०७९र०८० मा काम सम्पन्न गर्नेगरी ११ अर्ब ५२ करोड ६१ लखमा २०७६ साउनमा ठेक्का सम्झौता भएर  पावरहाउस तथा सर्ज साफ्ट, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल अन्तर्गतका काम चलिरहेको छ। बाँध र विद्युत् उत्पादन गृह निर्माणका काम सञ्चालनमा छन्।Bheri Babai Photo 11677731673.gif  

सबै चालु आर्थिक वर्षको असार मसान्तसम्म सक्नु पर्ने कार्यादेश भएको भए पनि यी काम सम्पन्न गर्न थप दुई वर्ष लाग्ने  अनुमान छ। आयोजनाको कुल लागत ३६ अर्ब ८० करोड ७७ लाखमध्ये हालसम्म १५ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ खर्च भएको आयोजनाले बताएको छ। सन् १९९८ मा जापानको अन्तर्राष्ट्रिय सहयोग संस्था जाइकाले भेरी बबईको वातावरणीय प्रभाव मूल्यांकन गरी भेरी नदीको पानी बबईमा खसाली जलविद्युत तथा सिँचाइको प्रचुर सम्भावना रहेको प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो।

सुर्खेतको भेरीगंगा नगरपालिका ११ चिप्लेमा भेरीको पानी बबईमा खसाल्न ६ गेजसहितको ब्यारेज निर्माण गर्न हुँदै छ। ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो रहने बताएको छ। १२ किलोमिटर सुरुङमार्फत भेरीगंगा नगरपालिका ५ हात्तीखालमा भेरीको पानी बबई नदीमा मिसाइने छ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update