Public Pana
राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने ८ दलका सांसदलाई आज प्रशिक्षण

 राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलको सांसदहरूको आज प्रशिक्षण हुदैँछ ।
 

रोयल बैंक्वेट तीनकुनेमा हुने प्रशिक्षण्मा राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई उपस्थित हुनेछन । 
 

कांग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार दिउँसो १ बजेबाट सो प्रशिक्षण सुरु हुनेछ । 
 
सो प्रशिक्षणमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी्, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रि समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासहित सांसदहरूको उपस्थित रहनेछन् ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update