Public Pana
प्रिमियर लिगमा म्याचेस्टरको ३–० को जीत

 प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 
 
प्रि–क्वारटफाइनलमा च्याम्पियनसिप क्लब ब्रिस्टल सिटीलाई ३–० ले पराजित गर्दै सिटी अघि बढेको हो ।

एस्टन गेट ब्रिस्टलमा मंगलबार राति भएको खेलमा  फिल फोडेनले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए ।
 
 ७४औं मिनेटमा फोडेनले जुलियन अल्भारेजको पासमा दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे भने त्यसपछि ८१औं मिनेटमा केभिन डि ब्रुएनाले गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए ।
 
 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update