Public Pana
पपुवा न्युगिनीलाई हराउँदै नेपालको लगातार पाँचौं जित

नेपालले आफ्नो ओडिआई इतिहासमा पहिलो पटक लगातार पाँच खेल जितेको छ । योसँगै नेपालको शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता पाउने सम्भावना पनि मजबुत बन्दै गएको छ ।

जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ६९ बलमा ५ चौकासहित सर्वाधिक ५६ रनको योगदान दिए । नेपाललाई ओपनर आसिफ शेख र कुशलले पहिलो विकेटका लागि १४.५ ओभरमा ७६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

ओपनर आसिफ शेख ३९ बलमा ५ चौकासहित ४४ रनमा आउट भए । कुशल भुर्तेलसँग तालमेल नमिल्दा आसिफ रन आउट हुन पुगेका थिए । ज्ञानेन्द्र मल्ल नर्मन भानुआको १७ औं ओभरको अन्तिम बलमा १० बल खेल्दै चार रनमा बोल्ड आउट भएका थिए ।

यसअघि नेपालले फागुन पहिलो साता घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियाविरुद्ध खेलेका चारै खेलमा लगातार जित निकालेको थियो।

सोमबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पिएनजीमाथि जित निकाल्ने क्रममा नेपालले २०४ रनको लक्ष्य ६ विकेट गुमाएर ४५.२ ओभरमा पूरा गर्‍यो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले ५६ रन जोड्ने क्रममा ६९ बलमा ५ चौका हिर्काए।

अर्का ओपनर आसिफ शेख ३९ बलमा ४४ रन बनाएर खेलिरहदा रनआउटको सिकार बनेका थिए। आसिफ र कुशलबीच पहिलो विकेटका लागि १४.५ ओभरमा ७६ रनको साझेदारी भएको थियो।

 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update