Public Pana
सन्दीपलाई विदेश जान सर्वोच्चको अनुमति, धरौटीमा रिहा गर्ने उच्चको आदेश सदर

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बिदेशमा गएर क्रिकेट खेल्न अनुमति दिएको छ ।

न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालका संयुक्त इजलासले लामिछानेलाई विदेश जाने अनुमति दिएको हो । यसअघि पाटन उच्च अदाललते सर्सत धरौटी रिहा गर्दै बिदेश जान नपाउने गरी दिएको आदेशलाई सर्वोच्चले सच्चादिएको छ । 


यद्यपी लाछिानेले विदेशमा कुनै प्रतियोगिता खेल्न जा“दा खेल सकिएको १५ दिनभित्र नेपालमा आएर काठमाण्डौ जिल्ला अदालतमा आफ्नो उपस्थितिवारे लिखित जानकारी गराउनुपर्नेछ ।

अन्यथा अदालतमा उपस्थित नभए बिदेश जान पाउने अनुमति खारेज भएको मानिने समेत सर्वोच्चको आदेशमा उल्लेख छ । 

नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा रिहा गरेको थियो  । 

लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए भने महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई रिहा गर्ने आदेश उल्टीको माग गरेको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update