Public Pana
प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । 

रास्वपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको केन्द्रीय सदस्य दीपक बोहराले बताए। 

सोमबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको निर्णय फिर्ता नलिने निर्णय गरेको हो। बैठकले राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने कुनै निर्णय भने नगरेको बोहराले बताए।

बोहराले भने ‘राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भनेर हामी अझै निर्णयमा पुगेका छैनौ,  अहिले पर्ख र हेरको अवस्थामा छौं,' यसबारे फेरि छलफल गरेर निर्णय गर्छौं।

सरकारलाई दिएको समर्थन भने तत्काललाई कायमै रहन्छ।' 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update