Public Pana
अभिनेता पल शाह रिहा, समर्थकहरुको भव्य स्वागत

चर्चित अभिनेता पल शाह थुनामा परेको ठीक एक बर्षपछि आज रिहा भएका छन् । 
जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले हिजो सफाइ दिए पछि कलाकार शाह आज रिहा भएका हुन । 

उनले गत बर्ष फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्म समर्पण गरेका थिए । 

जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतत पोखरालेले अभियोग दावी नपुग्ने ठहर गरेको थियो ।

उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासले उनी बिरुद्धको अभियोगमा दावी नपुग्ने ठहर गरेको हो ।  नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । त्यसको बिरुद्ध उनी उच्च अदालत गएका थिए ।

यसअघि उनले तनहुँ जिल्ला अदालतवाट सफाई पाई सकेका छन । नावालिग माथी बलात्कार गरेको आरोपमा उनी गत बर्ष पक्राउ परेका थिए । आरोपी बालिकाले शाह माथी झुटा मुद्धा भएको भन्दै अदालतमा बकपत्र गरेकी थिइन । । 

उच्त अदालतको आदेशसँगै शाह आज स्वास्थ्य परिक्षण गरी तनहुँ जिल्ला कारागारबाट रिहा भएका हुन । 

उनको स्वागतका लागि समर्थकहरु र आफन्तहरुको कारागार बाहिर भिड लागेको थियो । उनी पोखरा भएर जहाज मार्फत आजै काठमाण्डौ आउने तयारी छ ।

उनलाई  कलाकर्मीहरु र समर्थकले त्रिभुवन बिमानस्थलमा आजै भव्य स्वागत गर्ने तयारी गरेका छन् । 

 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update