Public Pana
कलाकार पल शाह आज जेलमुक्त हुदैँ (आदेश पत्रसहित)

एक बर्ष देखी तनहुँ कारागारमा रहेका कलाकार पल शाहले आज छुटदैछन् । 
 
जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिए पछि कलाकार शाह आज छुटन लागेका हुन । 
 
जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतत पोखरालेले अभियोग दावी नपुग्ने ठहर गरेको थियो । उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासले उनी बिरुद्धको अभियोगमा दावी नपुग्ने ठहर गरेको हो । उनलाई नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । त्यसको बिरुद्ध उनी उच्च अदालत गएका थिए ।
 
यसअघि उनले तनहुँ जिल्ला अदालतवाट सफाई पाई सकेका छन । नावालिग माथी बलात्कार गरेको आरोपमा उनी गत बर्ष पक्राउ परेका थिए । आरोपी बालिकाले शाह माथी झुटा मुद्धा भएको भन्दै अदालतमा बकपत्र गरेकी छिनु । 
 
उच्त अदालतको आदेशसँगै शाह आज स्वास्थ्य परिक्षण गरी तनहुँ जिल्ला अदालतवाट छुटने तनुहँ कारागार प्रशासनले जनाएको छ ।

आदेश पत्र

paul-shah 11677469623.jpeg

paul court 11677469725.jpeg

paul court 21677469727.jpeg


 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update