Public Pana
काठमाडौंमा पहिलो हिउँदे बर्षा

आइतबार काठमाडौंमा भारी वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुुसार चटयाङ र मेघगर्जनसहित यसपालिको पहिलो हिउँदे वर्षा भएको जनाएको छ।

काठमाडौंसंगै अहिले कास्कीको पोखरासहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ महाशाखाले जनाएको छ।

यस्तै, मुगुको ताल्चालगायत उच्च पहाडी तथा हिमाली भू–भागका एक र दुई स्थानमा हल्का हिमपात भइरहेको  छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update