Public Pana

ओखलढुङ्गाको रमाइलो डाँडामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । आज ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोलुङ गाउँपालिका–८ माँझखर्कका २६ वर्षीय फुरी शेर्पाको ज्यान गएको हो ।
 
    जिल्लाको सिद्धिचरण नगरपालिका–११ रमाइलोडाँडामा मिलनचोकबाट आएर साइड लगाउने क्रममा ना२ख ८७७९ नम्बरको ट्रकले बिहीबार ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल ओखलढुङ्गा सामुदायिक अस्पताल लगिएको थियो । जिल्लामा उपचार सम्भव नहुने भएपछि अस्पतालले काठमाडौँ पठाएको थियो । 

    उपचारका लागि काठमाडौँ लैजाने क्रममा उनको मृत्यु भएको रे शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिनुभयो ।    प्रहरीले ट्रक चालक सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका राजकुमार श्रेष्ठ र ट्रक नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update