चितवनको हात्तिसार नजिक इजरायली नागरिक मृत फेला
चितवनको रत्नगरमा एक जना इजरायली नागरिक मृत अवस्थामा फेला परेका छन् ।
मृतकको शव रत्ननगर नगरपालिका ६ स्थित हात्तीसार नजिकै फेला परेको हो ।
हात्तीसारदेखि दक्षिणतर्फको जंगलमा अन्दाजी ३० वर्षे विदेशी पुरुष जंगली हात्तीको आक्रमणपछि मृत अवस्थामा फेला परे पछि इलाका प्रहरी कार्यालय, टाँडीबाट खटिएको अनुसन्धान टोलीले उनको साथबाट सवारी लाइसेन्स फेला पारेको छ ।
मृतक इजरायली नागरिक सामुएल बोइकानेर भएको प्रहरीले जनाएको छ ।
हात्तिको आक्रमणवाट उनको मृत्यु भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान बढाएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९ १३:१६
प्रतिक्रिया दिनुहोस्