Public Pana
एमाले तत्काल सरकारवाट नबाहिरिने, २५ फागुनसम्म हेर्ने

 नेकपा एमालेले २५ फागुनसम्म पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नछाडने निर्णय लिएको छ ।
 
आज बसेको केन्द्रिय सचिवालय बैठकले सो निर्णय गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 
 
‘२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसार अगाडि बढ्छौं, तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिन्नौं,’ उनले पत्रकार सम्मेलनमा भने ।  
 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update