Public Pana
निर्वाचनमा एमालेको कुनै दलसँग तालमेल हुँदैन: महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा एमालेले कुनै पनि पार्टीसँग तालमेल वा गठबन्धन नगर्ने बताउनुभएको छ । 

आज भक्तपुरमा राष्ट्रिय युवा सङ्घ नेपाल वागमती प्रदेशसभाको प्रथम अधिवेशन तथा प्रदेशस्तरीय निर्वाचन परिचालन भेलामा उहाँले पार्टीले राजनीतिकरुपमा कुनै पार्टीसँग तालमेल नगर्ने बताउनुभएको हो । 

जिल्लास्तरमा अवस्था र आवश्यकता हेरेर पार्टी जिल्ला कमिटीको चाहनामा तालमेल गर्न पार्टी केन्द्रीय कमिटीले भने नरोक्ने उहाँले बताउनुभयो । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले भक्तपुरमा गठबन्धनले कुनै असर नगर्ने बताउँदै कार्यकर्ता एकढिक्का भएर चुनावमा होमिन निर्देशन दिनुभयो ।     त्यसअवसरमा युवा सङ्घका केन्द्रीय अध्यक्ष किरण पौडेल, एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, युवा सङ्घका विभिन्न नेताहरुले निर्वाचनमा युवाले खेल्नुपर्ने भूमिकाकाबारेमा चर्चा गर्नुभएको थियो ।-

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update