Public Pana
संसदमा उठेका विषयको जवाफ दिन सरकारलाई निर्देशन

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका विषयको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले सांसदहरुले शून्य र विशेष समयमा उठाएका विषयको जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन् ।

यसअघि शून्य र विशेष समयमा गराइएको ध्यानाकर्षणप्रति सरकार जवाफदेही नबनेको भन्दै सांसदहरुले सरकारलाई जवाफदेही बनाउन रुलिङको मागसमेत गरेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update