Public Pana
प्रचण्डको कार्यकाल सकिए लगत्तै माधव नेपाललाई प्रधानमन्त्री बनाईने, राष्ट्रपति कंग्रेसलाई

चुनाव अघिको गठबन्धनलाई व्युताउन सहमति नजिक पुगेका ४ दलले आजै भागबण्डाको बिषयलाई प्याकेजमै टुंगो लगाउने भएका छन् ।

साँझ ५ बजे  बस्ने नेपाली कंग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीच प्रमुख पदहरुमा भागबण्डा गरेर जाने सहमति भएको छ ।

त्यसलाई मूर्तरुप दिएर अघि बढ्ने तयारी ४ दलको छ । सहमति अनुसार कंग्रेसलाई राष्ट्रपति, एकीकृत समाजवादीलाई एक बर्ष प्रधानमन्त्री र जसपालाई उपराष्ट्रपति दिने सहमति भएको छ । 
बैठकमा सहभागी एक नेताका अनुसार माधव कुमार नेपाललाई एक बर्ष प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

समय अवधि नतोकिएका कारण उधारो सहमति हुने हो कि भन्ने डर नेपालले देखाएपछि कंग्रेस र माओवादीले हालको दुई बर्षे अवधी सकिए लगत्तै उहाँलाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् । बाँकी अन्तिमको दुई बर्ष नेपाली कंग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको नेताहरुको भनाई छ । 


बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीको बैठकमा विभिन्न विकल्पबारे छलफल भएको कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए । तर, सहमति नजुटेकाले शुक्रबार साँझ बैठक बस्नेछ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update