Public Pana
बालुवाटारमा चार दलका शिर्ष नेताको बैठक सुरु

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एससहित ४ दलको बैठक वालुवाटारमा सुरु भएको छ ।

राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरु बिच रस्साकस्सी भईरहेको बेला प्रधानमन्त्री निवास वालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीकाअध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत शिर्ष नेतृत्वको उपस्थिति रहेको छ ।

नेकपा एसले अध्यक्ष माधवकुमार नेपाललाई भावी राष्ट्रपतिका रुपमा अघि सारेको छ भने कांग्रेसले पनि सो पद आफनो पार्टीलाई दिनु पर्ने भन्दै अन्य दलसँग सहमति खोज्ने प्रयास गरिरहेका बेला चार दलका शिर्ष नेताहरुको बैठक सुरु भएको हो । 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update