Public Pana
रहिनन् बेलायतकी महारानी एलिजाबेथ द्वितीय

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको बिहीबार निधन भएको छ। 

९६ वर्षीय महारानीको स्कटल्याण्डस्थित बाल्मोरल क्यासलमा निधन भएको बकिङ्गघम प्यालेसले एक विज्ञप्तिमा जनाएको हो। 

दुई दिन पहिले मात्रै महारानीले बाल्मोरल दरबारमै  लिज ट्रसलाई नयाँ ब्रिटिश प्रधानमन्त्रीको रुपमा नियुक्त गरेकी थिइन्। 

बिहीबार बेलुका टेन डाउनिंग स्ट्रीट बाहिर उभिएर ट्रसले महारानीप्रति श्रद्धान्जलि व्यक्त गरिन्। 

उनको ७० वर्ष लामो शासनकालमा बेलायतमा १५ जना प्रधानमंत्रीहरु नियुक्त भएका थिए।
१७  महिना अघि (अप्रिल २०२१) मा ९९ वर्षको उमेरमा उनका पति प्रिन्स फिलिपको निधन भएको थियो।

आफ्ना पति प्रिन्स फिलिपसंग महारानी एलिजाबेथ द्वितीयले सन् १९६१ र १९८६ मा नेपालको भ्रमण गरेकी थिइन्।

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update