Public Pana
नागरिकता बिद्येयकमा जवरजस्ती गरिए परिणाम राम्रो नहुने एमाले नेता ज्ञवालीको चेतावनी

 

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकता विधेयकजस्तो संवेदनशील विषयमा जनमत विभाजित गर्ने काम गर्न नगर्न सत्तापक्षलाई चेतावनी दिएका छन्। 

बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उपमहासचिव ज्ञवालीले त्यसलाई सर्वस्वीकार्य बनाउने अवसरको रुपमा लिन पनि सत्तापक्षलाई आग्रह गरे। 


नागरिकताजस्तो संवेदनशील विषयलाई ‘हेड काउन्ट’को रुपमा नलिई यसमा विवेक पुर्‍याएर आवश्यक निर्णय लिनुपर्ने उनको भनाइ थियो  


उपमहासचिव ज्ञवालीले विधेयकमा संसदीय नियमावली अनुसार संशोधन प्रस्ताव राख्न पाउने अधिकार सुनिश्चित गर्न सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण समेत गराए। 

जनताको प्रतिक्रियालाई समेत सुनेर सो विधेयकबारे सदनले आवश्यक निर्णय लिनुपर्ने उल्लेख गर्दै उनले त्यसका लागि त्यहीअनुसार छलफललाई अघि बढाउनुपर्ने आवश्यक औंल्याए।

उपमहासचिव ज्ञवालीले बहुमतको आधारमा विधेयक जबरजस्ती पारित गरेर पठाउने प्रयास गरिए त्यसको परिणाम राम्रो नहुने पनि चेतावनी दिए। 

pradip1660816200.jpg

उनले कांग्रेसतिर लक्षित गर्दै सत्ताको नेतृत्व गर्ने दलले आफूलाई संसदीय व्यवस्थाको हिमायती, अझ एकमात्रै पक्षधर भनिरहँदा सदनमा विचाराधीन र सदनको सर्वोच्चताको टुंगो गर्नुपर्ने विषयलाई बन्द कोठामा दलका नेताहरुले बसेर प्रतिनिधिसभाको, संसदको अधिकारमा हस्तक्षेप गरेको पनि बताए।

उनले यति गम्भीर विषयमा जनताको प्रतिक्रिया लिने कुरालाई समेत सदनले अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। 

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update