Public Pana
मेयर बालेनलाई लिएर भौतिक मन्त्रीले गरे चक्रपथको निरीक्षण, स्वयम्भूका संरचना नभत्काइने

उपप्रधान तथा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले बिहीबार कलंकी–महाराजगञ्ज सडक खण्डको निरीक्षण गरेको छ । 

मन्त्री श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छन सोङ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, नेपाल विद्युत् प्राधिकरणका कार्यकार निर्देशक कुलमान घिसिङसहितको टोलीले कलंकी–महाराजगञ्ज सडक खण्डको संयुक्त निरीक्षण गरेको हो । 

निरीक्षणपछि मन्त्री श्रेष्ठले कलंकीदेखि महाराजगञ्जसम्मको सडक विस्तारको काम चाँडै सुरु हुने र यसमा चीन सरकार सहमत भइसकेको जानकारी दिए ।

उनले सो सडकखण्डमा पर्ने स्वयम्भूका संरचनाहरु नभत्काइकन सडकको डिजाइन परिवर्तन गर्ने सहमति भएको जानकारी दिए । तर, बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिरहरु भने सारिने उनले बताए । 

ring road nirichan1677139149.jpg

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update