Public Pana
प्रधानमन्त्री प्रचण्ड र माधवकुमार नेपालबीच भेटवार्ता

कंग्रेससहितको पुरानो गठबन्धन व्युताउने सहमति भइरहेका बेला प्रधानमन्त्री पुष्प कमल दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

सिहदरवारस्थित प्रधानमन्त्री काार्यालयमा दुई दलका शिर्ष नेताहरुबीच बार्ता भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनलाई जिवितै राख्ने प्रयासमा पहल जारी राखेपनि प्रधानमन्त्री दाहाल अहिलेको गठबन्धनसँग सन्तुष्ट नभएकाले नयाँ गठबन्धन बनाउने प्रयास अन्तिम चरणमा पुगेको नेताहरुले बताएका छन् ।

स्रोतका अनुसार कंग्रेसले आजै राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन छलफल गरिरहेको छ ।

स्रोतका अनुसार आजै पुरानो गठबन्धनलाई व्युताउने गरी शिर्ष नेताहरुले सन्देश प्रवाह गर्ने र एमाले सत्ता गठबन्धनबाट बाहिरने बुझाई प्रधानमन्त्रीसहित कंग्रेस र समाजवादीको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update