Public Pana
छानविन गर्ने अख्तियारको चेतावनीपछि डिआइजी सिंहद्वारा राजीनामा

 

अख्तियारबाट कारवाही हुने संकेत पाएपछि डीआइजी अशोक कुमार सिंहले पदबाट राजीनामा दिएका छन् ।

    सिंहले आजै प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए ।

अवको एआइजी बढुवामा पारेर सिंहलाई आइजिपी बनाउने शक्ति समुहको तयारी समेत भएको र कंग्रेसका केही नेताहरुको प्रभावमा उनलाई आइजिपी बनाउने योजना उनका प्रतिस्पर्धीले चाल पाएकै कारण उनीविरुद्ध अख्तियारमा उजुरी परेको प्रहरी स्रोत बताउछ ।

स्रोतले भन्यो उनको जन्ममितिको विवाद अहिलेसम्म सार्वजनिक नहुनु तर अव एआइजी बढुवाको समयमा उनीविरुद्ध अख्तियारमा उजुरी पर्नु संयोग होइन उनकै प्रतिस्पर्धीले प्रतिस्पर्धाबाट हटाउन यो अस्त्र प्रयोग गरेका हुन । 

सिंह हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रुपमा कार्यरत थिए । सिंहको जन्म मितिको विवादित विषय हालै सार्वजनिक भएको थियो । उक्त विषयमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

स्रोतका अनुसार बहाल अवस्थामै रहे छानविन प्रक्रिया अघि बढाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खवर प्राप्त गरेपछि सिंहले राजीनामा दिएका हुन । तत्काल राजीनामा गरे उनीमाथीको छानविन नगर्ने आश्वसन सिंहले पाएको स्रोतको भनाई छ । 

    प्रहरी प्रवक्ता पोखरेलले घरायसी कारण उल्लेख गरेर राजीनामा दिएको उल्लेख रहेको बताउनुभयो । प्रहरीले राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाउन लागेको बताइएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update