Public Pana
ठेकेदार भेटुवाल गिरफ्तार, बैंकिङ कसुरको मुद्धामा अनुसन्धान  गरिने

लामो समयसम्म ठेक्का लिएको आयोजना अलपत्र पारेर बिवावित बनेका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन् ।

बैंकिङ कसुर गरेको अभियोगमा भेटुवाललाई पक्राउ गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ । उनले काठमाडौंको पुरानो बसापार्कमा निर्माणधीन काठमाडौं भ्युटावर अलपत्र पारेका थिए ।

चौतर्फी दवावपछि उनले उक्त भ्यु टावर अहिले निर्माण गरिरहेका छन् ।

भेटुवाल झण्डै ३ बर्ष अघि पनि हुण्डी मार्फत आर्थिक कारोवार गरेको अभियोगमा पक्राउ परेका थिए ।  राजश्व अनुसन्धान विभाग हरिहरभवनले काठमाडौं जिल्ला अदालतमा मुद्दा समेत दर्ता गरेको थियो । 

उनी इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक हुन । 
उनलाई भोली अदालतमा पेश गरी थप अनुसन्धान शुरु गरिने प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update