Public Pana
चिनियाँ राजदुतले फेरी भेटे प्रधानमन्त्री प्रचण्डलाई

चिनियाँ राजदूत छन सङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन्। 

बुधबार बिहान राजदूत सङ प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्। राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राजदूत सङले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। यसअघि गत शुक्रबार साँझ राजदूत सङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए। 

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बुधबारको भेटमा राजदूत सङले प्रधानमन्त्रीलाई बोआओ फोरमका लागि निम्तो दिएको जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update