Public Pana
प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव र प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश हुने कार्यसूची छ ।
यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update