Public Pana
स्कटल्याण्डले नेपाललाई दियो २१३ रनको चुनौती

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी खेलमा स्कटल्याण्डले नेपाललाई २१३ रनको चुनौती दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको हो । 

टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्ड सुरुबाटै दबाबमा परेको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिएका छन् ।

केहीबेरपछि नेपालले जवाफी ब्याटिङ गर्नेछ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update