Public Pana
सेना र प्रहरीसहित १० सरकारी निकायलाई बहालकर तिर्न महानगरपालिकाको अल्टिमेटम, अटेर गरे कारवाही गर्ने चेतावनी

नेपाली सेना र नेपाल प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएको भन्दै महानगरपालिकाले त्यसबापतको बहाल कर बुझाउन आग्रह गरेको हो ।

मेयर बालेन साहको निर्देशनमा महानगरपालिकाको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले पत्र लेखी पटक पटक ताकेता गर्दा पनि हालसम्म बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन अनुरोध गरेका छन् ।
काठमाडौँ महानगरपालिकाले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहालकर तिर्न पत्राचार गरेको छ ।

अन्यथा महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गर्ने प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update