Public Pana
राष्ट्रपति चयनलगायतको बिषयमा निर्णय गर्न माओवादी पदाधिकारी बैठक ४ बजे बस्दै

सहमतीय राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएको छ ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवका अनुसार आज दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो ।

फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ । 
 
 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update