Public Pana
राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं- जिल्ला अदालत, काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 

बलत्कार मुद्वामा सन्दीपविरुद्ध जाहेरी परेपछि अनुसन्धानका पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको हो ।

पक्राउ पुर्जी जारी भएसंगै  सन्दीप जुनसुकै बेला पक्राउ गर्न सक्नेछ । पक्राउ पुर्जी जारी भएसँगै सन्दीप प्रहरीको फरार अभियुक्तको सुचिमा परेका छन् । 

 

सन्दीप फर्किनमा ढिलाई गरे इन्टरपोल मार्फत पनि पक्राउ गर्न सकिने बिकल्पमा समेत छलफल भएको  प्रहरी उच्च स्रोतले जनाएको छ । 

सन्दीप हाल भने क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट विन्डिज छन् । उनले क्यानलाई प्रतियोगिता सक्काएर फर्कने प्रतिवद्धता जनाएका छन् । 

 

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update