Public Pana
आफुविरुद्धको मुद्धामा कानुनी सहयोग गर्न क्यानलाई सन्दीपको आग्रह, निर्दोष रहेको दावी

एक किशोरीविरुद्ध बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)लाई कानुनी सहयोगका लागि आग्रह गरेका छन् । 

लामिछानेले क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लसँगको कुराकानीमा आफु निर्दोष रहेको भन्दै कानुनी सहयतामा सहयोग गर्न आग्रह गरेका हुन । 

उनले क्यानलाई प्रतियोगिता सक्काएर फर्कने प्रतिवद्धता जनाएका छन् । 
राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका सन्दीपले एक किशोरीमाथि जवरजस्ती करणी गरेको अभियोग लागेपछि नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ । टी–२० र एकदिवसीय शृंखलाका लागि केन्या प्रस्थान गर्नुअघि भदौ ५ गते ती किशोरीलाई जवरजस्ती करणी गरेको आरोप सन्दीप माथि छ । 

स्वदेश फर्किएर कानुनी प्रक्रियामा जाने बताउँदै सन्दीपले संस्थागत रुपमा आफुलाई सहयोग गर्न अनुरोध गरेपछि क्यानले यस बिषयमा निर्णय गर्ने जनाएको छ । 
कार्यबहाक सचिव मल्लले सन्दीपलाई आरोपमात्रै लागेको र संस्थागत रुपमा क्यानले एक खेलाडीलाई पर्दा आवश्यक सहयोग गर्ने  बताए । 

मल्लले भनेः  ‘उ हाम्रो खेलाडी हुन्,’ मल्लले भन्नुभयो, ‘आरोप लाग्दैमा उबाट हामी टाढा भयौं भने बाँकी खेलाडीले हामीलाई कसरी विश्वास गर्ने रु सन्दीप आरोपित मात्रै हुन् । सन्दीपलाई हामीले सहजीकरण नगरे अरु खेलाडीको मानसिकता के हुन्छ । हामीलाई पर्दा भाग्दो रहेछ भन्ने खेलाडीमा नजिर बन्छ,’ । 

सन्दीप हाल भने क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट विन्डिज छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update