Public Pana

थाइराइड भएमा बिरामीको शरीरमा विभिन्न परिवर्तन आउन सक्छ । थाइराइड ग्रन्थीले आवश्यकता भन्दा कम वा चाहिने भन्दा बढी काम गर्दा पनि थाइराइडको समस्या हुने गर्दछ ।

थाइराडको समस्या भएमा त्यसको उपचार अनिवार्य गर्नुपर्दछ । कतिपयले शारीरिक ब्याम र स्वस्थ खानपान शैली अपनाए थाइराइड हुदैन कि भन्ने बुझाई राख्ने गर्छन तर थाइराइड खानपानको कारणले हुने समस्या होइन । केही मात्रामा शारीरिक बनावट मोटोपनले थाइनराइडको सम्भावना निम्त्याउन सक्छ ।

तर के बुझ्न जरुरी छ भने जसरी महिलाको महिनावारी कुनैपनि कारणले रोक्न सकिदैन त्यसैगरी खानपान र व्याम गरेर थाइराइड रोक्ने सकिदैन । यो शरीरले आफै बनाउने समस्या हो ।

उमेर बढ्दै जादा छालाहरु चाउरी परेजस्तै उमेर अनुसार थाइराइड ग्रन्थीले पनि कम काम गर्दे जान्छ । थाइराड रोग लागेका ९० प्रतिशतले आजीवान औषधी सेवन गर्नुपर्ने हुन्छ भने १० प्रतिशत थाइराइड निको हुने गर्दछ । थाइराइडको कारण पत्ता लगाएर यसको उपचार गर्न सकिन्छ ।

थाइराइड भएका बिरामीले बन्दा, गोलभेडा खानुहुँदैन भन्ने समाजमा गलत धारण रहेको पाइन्छ । थाइराइडको समस्या भएका बिरामीले खानपानमा कुनै बन्देज लगाउन जरुरी छैन ।

थाइराइडको समयमै उपचार भए यसले मावन शरीरमा कुनै हानि गर्देन तर यसको उपचार समयमै भएन भने त्यसबाट अन्य विभिन्न समस्या निम्तिन सक्छ ।

थाइराइडले महिलामा बाँझोपनको समस्या आउन सक्छ भने पुरुषमा यौन दुर्वलताको समस्या निम्तिन सक्छ ।

यसै सन्दर्भमा हामीले नर्भिक इन्टरनेशनल हस्पिटलमा कार्यरत मधुमेह तथा थाइराइड रोग बिशेषज्ञ डा. कामक्क्षा शाहसँग भिडियो कुराकानी गरेका छौ ।

 

 

 

 

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update