Public Pana
सत्ता गठबन्धन भत्किन नदिन चीनको कुटनीतिक सक्रियता तिव्र, राष्टपतिमा माओवादीले पुर्ववत निर्णय बदल्न सक्ने आशंका

छिमेकी मुलुक चीनले हालको सत्ता गठबन्धन भत्किन नदिन कुटनीतिक सक्रियता तिव्र पारेको छ । राष्टपतिमा माओवादीले कंग्रेसमा सहयोग गरेर वर्तमान सत्ता गठबन्धन भत्किने कतिपयले अड्कलबाजी गरिहेका बेला चीनले अहिलेकै सरकारलाई निरन्तरता दिने गरी कुटनीतिक सक्रियता बढाएको एमाले नेताहरुले दावी गरेका छन् ।

दक्षिणी छिमेकी भारत हालको सत्ता गठबन्धनप्रति सन्तुष्ट नरहेको र राष्टपतिको चुनावमा गठन्धन भत्किने बिश्लेषण भइरहेका बेला चीनले माओवादी र एमालेको सहकार्यलाई टुट्न नदिने गरी भूमिका खेलरिहेको स्रोतको दावी छ ।

यसै क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ । शुक्रबार अपराह्न ओली भेट्न चिनियाँ राजदूत चेनबीच भेटवार्ता भएको हो ।


राष्ट्रपति निर्वाचन र सत्ता समीकरणबारे सत्ता साझेदार दल एमाले र माओवादीबीच सहमति जुट्न नसकिरहेका बेला चिनियाँ राजदूतले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई भेटेका हुन् । 

राष्टपतिमा कंग्रेसलाई समर्थन गर्ने माओवादीको पुर्व योजना चीनियाँ राजदुतको सक्रियताले फेरवदल हुन सक्ने कतिपयले बिश्लेषण गरेका छन् । ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्ड तत्काल कंग्रेसलाई मिलाएर जानसक्ने अवस्थामा नदेखिएको बरु ओलीसँगै माधव कुमार नेपाललाई समेत मिलाएर कम्युनिष्ट शक्तिहरुबीच एकता गराउने प्रयासमा अघि बढेको स्रोतको दावी छ । 


शुक्रबार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच २ घण्टाभन्दा बढी भेटवार्ता भएको थियो ।
ओलीसँगको भेटवार्तापछि बालकोटबाट निस्कने क्रममा प्रचण्डले गठबन्धन नछुट्ने बताएका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update