Public Pana
राष्ट्रपतिमा सहमति हुने प्रधानमन्त्री प्रचण्डको दावी


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै राष्ट्रपतिमा सहमति कायम हुने बताएका छन् । 
बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धन नभत्किने बताएका हुन् ।
गठबन्धन नभत्किँने र राष्ट्रपतिको विषय केही दिनमै टुंगोमा पुग्ने उनको भनाइ छ । गठबन्धन आबद्ध दलहरू एकै ठाउँ रहेको उनको भनाइ छ । 
राष्ट्रपतिा सहमति नजुटेपछि पछिल्लो समय प्रचण्ड र ओलीको भेट बाक्लिएको छ । दिन बिराएर उनीहरू बालुवाटार वा बालकोटमा भेटघाट गर्दै आएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update