Public Pana
भारतीय सेनाका पुर्वप्रमुखहरु एकै पटक किन नेपाल आउदैछन ?

नेपाली सेना दिवसको अवसरमा काठमाडौंमा हुन लागेको बिशेष कार्यक्रममा सहभागी हुन  भारतीय सेनाका ५ पुर्व प्रमुख नेपाल आउने भएका छन । 
काठमाडौं, टुडिखेलमा भोली हुने बिशेष कार्यक्रममा सहभागी हुन लागि भारतीय सेना प्रमुखहरु नेपाल आउन लागेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । 
शिवरात्रीका बेला हुने नेपाली सेनाको स्थापना दिवसमा सहभागी हुन लागि भारतीय सेनाका पूर्व प्रमुखहरुलाई आमान्त्रण गरिएको छ । जसअनुसार मनोजमुकुन्द नरभणे, दलबीर सिंह सुहाग, दीपक कपुर, जोगिन्दर सिंह र वीश्वनाथ शर्मा नेपाल भ्रमणमा आउने सुनिश्चित भएको  उनको भनाई छ ।
नेपाली सेना दिवस हरेक शिवरात्रिको दिनमा मनाउने गरिन्छ । यो बर्ष शिवरात्रि फागुन ६ गते परेको छ।  हरेक वर्ष महाशिवरात्रिको दिन सेना दिवस मनाइने गर्छ। यो पटक नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रमहरु गर्न लागिएको जनाइएको छ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update