Public Pana
अखिल अध्यक्षमा समिक बडाल, महासचिवमा नरेश रोकाया निर्वाचित

 नेकपा एमाले निकट बिद्यार्थी संगठनअनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्।
अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार मतदान गरिए अनसार आएको मतपरिणाम अनुसार बडाल बिजयी भएका हुन । बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन्। 
बडालले अध्यक्षमा आरसी लामिछानेलाई हराएका हुन्।
 
यसैगरी,  उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् भने महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन्। 
 
मतपरिणाम अनुसार सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले निर्वाचित भएका छन्।
 
यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएको अखिलका नेताहरुले बताएका छनु । यद्धपी, यसको औपचारिक घोषणा भएको छैन । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update