Public Pana
आईसीसी क्रिकेटमा नेपाल स्कटल्याण्डसँग भिडदै

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । 
कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिमले लिगको शिर्ष स्थानमा रहेको स्कटल्याण्डसँग भिडन लागेको हो  ।  नेपालले कीर्तिमानी २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई २ विकेटले हराएको थियो भने स्कटल्याण्डले कुनै पनि बिकेट नगुमाइ नाभिबियालाइ पराजित गरेर शिर्षस्थानमा छ। 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update