नेप्से लगातार आरालोतर्फ, कारोबार रकममा पनि भारी गिरावट
काठमाडौँ- सेयर बजार परिसूचक लगातार तेश्रो दिन पनि घटेको छ। बुधबारको कारोबारमा सेयर बजार परिसूचक १२ अंक घटेको हो।
साताको पहिलो कारोबारमा सामान्य अंकले बढेको बजार परिसूचक सोमबारदेखि लगातार ओरालो लागेको छ। बुधबार कारोबारको सुरुवातबाटै क्रमश: ओरालो लागेको बजार अन्यसम्मै रह्यो।
बजारसँगै कारोबार रकममा पनि भारी गिरावट देखिएको छ। मंगलबार १ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज ८२ करोड ६२ लाख ३० हजार ५ सय ८३ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। त्यस्तै २९ लाख ४३ हजार ७ सय ६९ कित्ता सेयर २० हजार ४ सय ५२ पटकमा खरिद बिक्री भएको छ।
उप समूहतर्फ बुधबार म्यचुअल फण्ड ०.७८ प्रतिशत घट्दा बाँकी १२ समूहको सेयर मूल्य घटेको छ। सबैभन्दा बढी व्यापार समूह २.४३ प्रतिशतले घटेको छ।
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९ १६:०६
प्रतिक्रिया दिनुहोस्