Public Pana
किर्तिपुर अस्पतालले भन्यो मान्यज्यूको आमालाई बचाउन सकेनौ

ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भई कीर्तिपुरस्थित अस्पतालमा उपचाररत सासद चन्द्र भण्डारीको आमा ८६ वर्षीया हरिकला भण्डारीको निधन भएको छ।

गए राति निवास बुद्धनगरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा हरिकला र उनका छोरा नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारी गम्भीर घाइते भएका थिए।

उनले भनिन; ७० प्रतिशत उहाँको शरीर जलेको अवस्थामा थियो त्यसैले हामीले मान्यज्यूको आमालाई बचाउन सकेनौ ।

कीर्तिपुर अस्पतालकी निर्देशक डा. निजिमा ताम्राकारका अनुसार हरिकलाको आज बिहान १० बजेर ५७ मिनेटमा निधन भएको हो । 

सांसद भण्डारीको उपचार जारी छ। उनलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update