Public Pana
ससुराली गएका ज्वाईको भीरवाट लडेर मृत्यु

पाँचथरमा भीरबाट लड्दा बृद्धको मृत्यु भएको छ । 
मिक्लाजुङ गाउँपालिका– ७  स्थित भीरबाट लड्दा ७३ वर्षीय हस्तबहादुर लिम्बूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सन्तोष राईका अनुसार श्रीमती सरिता लिम्बू र २ जना छोराछोरीसहित पाँचथर ससुराली घर आउने क्रममा गत माघ २९ गते भीरबाट लडेर उनको निधन भएको हो । भीरबाट लडेका हस्तबहादुरको मंगलबार मात्रै शव भेटिएको हो ।  
प्रहरी चौकी खान्द्रोङबाट खटेका प्रहरी र स्थानीयले खोजी गर्दा भीरबाट लडेका हस्तबहादुरलाई शव फेला पारेकाे हाे । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरि शवलाई आफान्तजनलाई जिम्मा लगाएको छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update