Public Pana
पक्राउ पर्ने डरले कप्तान लामिछाने स्वदेश फर्केनन, राष्ट्रिय क्रिकेट टोली फर्कियो

काठमाडौँ- केन्या भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फफर्किएको छ । नेपाली टोली बुधबार बिहान स्वदेश फर्किएको हो।

आफुविरुद्ध बलत्कारको जाहेरी परेपछि कप्तान सन्दीप लामिछाने भने स्वदेश फर्किएका छैनन । 

नेपालले केन्याविरुद्ध टी–ट्वान्टी र एकदिवसीय सिरिज खेलेको थियो । नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।

 

यस्तै ३ खेलको एकदिवसीय सिरिज ३–० ले क्लिन स्विप गरेको थियो । स्वदेश फर्किलगतै एकदिवसीय सिरिजको कप्तान सम्हालेका रोहित कुमार पौडेल प्रतियोगीतामा नयाँ अनुभव प्राप्त भएको बताए । उनले आफुले कप्तानको भूमिकामा सबै खेलाडीको साथ पाएको बताए ।

नेपाल फर्किएका खेलाडी अब नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि आ–आफ्नो टोलीसँग जोडिने तयारी गरेका छन् ।

त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोली नेपाल फर्किए पनि लामिछाने भने फर्केका छैनन् । क्यारेबियन प्रिमियर लिगका लागि लामिछाने बेस्ट इन्डिजमै छन् । लामिछानेको टीम जमैका तल्लावासले सेन्ट लुसिया किङ्सविरुद्ध बिहीबार खेल्दैछ ।

 

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update