Public Pana
हेल्थ डेक्सको संरक्षणसम्बन्धी कार्यविधि मन्त्रिपरिषदमा लैजाने तयारी

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस कोभिड–१९ महामारी न्यूनीकरणका लागि स्वास्थ्य पूर्वाधार व्यवस्थापन तथा सञ्चालनको कार्यविधि मन्त्रिपरिषद् बैठकमा पेस गर्ने भएको छ ।

 

बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकले कोभिड–१९ को महामारी न्युनीकरणका लागि निर्मित एवं निर्माणाधीन होल्डिङ सेन्टर तथा हेल्थ डेक्सहरुको संरक्षण र उचित व्यवस्थापनको लागि कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीसीसँग समन्वय गरी संरचनाहरु जिल्ला प्रशासन कार्यालयमार्फत व्यवस्थापन तथा सञ्चालन हुनेगरी कार्यविधि तर्जुमा गर्ने भएको हो ।

उक्त कार्यविधि स्वीकृतका लागि स्वास्थ्य मन्त्रालयले १ महिना भित्र मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने भएको छ । 

 

 

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update