Public Pana
भोली फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले तत्कालिन माओवादीले शसस्त्र द्वन्द शुरुवात भएको दिन फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

तत्कालिन माओवादीको तर्फबाट शसस्त्र द्धन्दको नेतृत्व गरेको पुष्पकमल दाहाल नै हालका प्रधानमन्त्री भएका बेला आइतवार बसेको मन्त्रिपरीषद् बैठकले फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । 
माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको छ । 

यसअघि कर्णाली र बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको दिन पारेर भोलि बिदा दिने निर्णय गरेका थिए। 

२०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरू गरेको थियो। 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update